अर्जुन कपुरले गरे मलाइकासँग ब्रेकअपको पुष्टि


काठमाडौँ । 

बलिउड अभिनेता अर्जुन कपुरले अभिनेत्री मलाइका अरोरासँग आफ्नो ब्रेकअप भएको पुष्टि गरेका छन् ।

अर्जुनले आफ्नो फिल्म‘सिंघम अगेन’ को प्रमोशनको क्रममा आफू सिंगल रहेको बताएर मलाइकासँग ब्रेकअप भएको पुष्टि गरेका हुन् । अर्जुले एक कार्यक्रममा आफ्नो सम्बन्धको बारेमा कुरा गर्दै आफू अहिले सिंगल रहेको बताएका थिए । 

मलाइका र अर्जुनको ब्रेकअपको खबर लामो समयदेखि मिडियामा आइरहेपनि दुवैले अहिलेसम्म आधिकारिक रुपमा प्रतिक्रिया दिएका थिएनन् । यसपटक मलाइकाको बर्थडे पार्टीमा पनि अर्जुन कपूर नदेखिएपछि नै ब्रेकअपको अड्कल बाजी अझ बढेको थियो । 

अर्जुन कपूरको यो बयानको दुई दिनपछि मलाइकाले सामाजिक सञ्जालमा एउटा क्रिप्टिक नोट सेयर गरेकी छिन् ।

मलाइकाले आफ्नो पोष्टमा भनेकी छन्-‘कसैको मन एक सेकेन्डका लागि पनि छुन्छ भने जीवनभरको लागि कसैको मन छुन्छ ।’

अर्जुन र मलाइकाको सम्बन्धको २०१८ देखि सार्वजनिक रुपमा बाहिर आएको थियो, जब उनीहरू एक फेशन शो कार्यक्रममा सँगै देखिएका थिए । मलाइकाको ४५औं जन्मदिनमा उनीहरुले सामाजिक सञ्जालमा आफ्नो सम्बन्धको पुष्टि गरेकी थिइन् ।

यसलाई आधिकारिक बनाएपछि उनीहरुले एकअर्काको परिवारसँग समय बिताउन थालेका थिए । कफी विथ करणमा अर्जुनको उपस्थितिमा पनि, उनले आफ्नो प्रेम जीवन र उनीहरूको सम्बन्धलाई अर्को स्तरमा लैजाने योजनाहरूको बारेमा कुरा गरेकी थिइन् ।

मलाइका अरोराले २०१७ मा अरबाज खानसँगको आफ्नो १९ वर्ष लामो वैवाहिक सम्बन्धको अन्त्य गर्दै अलग भएकी थिइन् । अरबाजसँग उनको एक छोरा रहेका छन् ।