काठमाडौं ।
अभिनेत्री सरिता लामिछाने अमेरिकामा नेपालीले स्थापना गरेको एक वित्तीय संस्थाको ब्रान्ड एम्बेस्डर अनुबन्धित भएकी छन्।
लामिछाने नेपालीले खोलेको अमेरिकाकै पहिलो नेपाली वित्तीय संस्था एभरेस्ट फेडेरल क्रेडिट युनियन (नेपाली बैंक) को ब्रान्ड एम्बेस्डरको रूपमा अनुबन्धित भएकी हुन्।
बैंकको तेस्रो वार्षिक साधारणसभाबाट अभिनेत्री लामिछानेलाई अनुबन्धित गरिएको सो बैंकको सञ्चालक समितिले जनाएको छ। संस्थापक अध्यक्ष मोहन ज्ञवाली रहेको एभरेस्ट फेडेरल क्रेडिट युनियनको प्रधान कार्यालय तीन वर्षअघि अमेरिकाको न्युयोर्कमा स्थापना गरिएको थियो।
बैंकका अध्यक्ष डा. मदन उप्रेतीले नेपाली फिल्म तथा टेली फिल्ममा लामो समयदेखि योगदान दिएको र यतिबेला अमेरिकामा रहेका कारण पनि अभिनेत्री लामिछानेलाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरिएको जानकारी गराएका छन्।
प्रतिक्रिया