अवैधानिक पोलिक्लिनिक बन्द गराइयो  

6.49k
Shares

धादिङ ।

जिल्ला अनुगमन समितिले त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारमा सञ्चालित सल्यानटार पोलिक्लिनिक एन्ड डाइग्नोष्टिक सेन्टर प्रा।ली। अवैधानिक रुपमा सञ्चालन गरेको पाइएको भन्दै बन्द गराइएको छ । 

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे नेतृत्वको  अनुगमन समितिले  सल्यानटार पोलिक्लिनिक एन्ड डाइग्नोष्टिक सेन्टर प्रा।ली। भित्र औषधि पसल, एक्स रे र ल्याव सेवा सञ्चालन गर्दा स्वास्थ्यकर्मी नराखी र स्वास्थ्य व्यवसायको प्रमाणपत्र नलिई सञ्चालन भएकोले बन्द गरेको हो।  

मापदण्ड बमोजिम स्वास्थ्य सेवा सञ्चालन नभएकाले उक्त सेवाहरु बन्द गरिएको प्रजिअ घिमिरेले जानकारी दिए ।  पोलिक्रलिनिक अनुगमन गर्दा म्याद गुज्रेको औषधि तथा प्रतिबन्धित औषधि समेत भेटिएको घिमिरेको भनाइ छ । 

सम्बन्धित चिकित्सकलाई स्वास्थ्य कानुनमा उल्लिखित मापदण्ड बमोजिम मात्र सेवा सञ्चालन गर्न जानकारी समेत गराइएको छ ।

बजार अनुगमनले सकारात्मक जानकारी दिइरहेको छ । बजार अनुगमन गर्दा एकै किसिमको एउटा पसल हेरेर अन्य पसलेलाई छुट दिने गरेको आरोप समेत लाग्ने गरेको छ ।