जिलेस्पीलाई पाकिस्तानको ह्वाइट बल क्रिकेट प्रशिक्षकको पनि जिम्मेवारी


काठमाडौँ । 

पाकिस्तानले जासन जिलेस्पीलाई ह्वाइट बल क्रिकेटको प्रशिक्षक बनाएको छ ।

ह्वाइट बल क्रिकेटका प्रशिक्षक ग्यारी किर्स्टेनले राजीनामा दिएपछि जिलेस्पीलाई ह्वाइट बल क्रिकेटको पनि प्रशिक्षक बनाइएको हो । यस अघि जिलेस्पी पाकिस्तानको टेस्ट क्रिकेट टिमको प्रशिक्षक रहेका थिए ।

अस्ट्रेलियाका पूर्व खेलाडी रहेका जिलेस्पीलाई २०२४ को अप्रिलमा दुई वर्षका लागि पाकिस्तानको टेस्ट टिमको प्रशिक्षक नियुक्त गरिएको थियो ।