अवरुद्ध नेपाल र भारतबीचको खेल जारी


काठमाडौँ ।

नेपाल र भारतबीचको खेल अवरुद्ध भएको एक घण्टाभन्दा बढी समय पछि खेल सुचारु भएको छ ।  

खेलको ७१औं मिनेटमा भारतले अग्रता लिएपछि नेपालले तुरुन्त खेल शुरु गरेर गोल फर्काएको थियो । तर रेफ्रीले नेपालको गोललाई भने मान्यता नदिएपछि नेपालले विरोध गरेको थियो । लामो विवाद भएपछि खेल एक घण्टा भन्दा बढी समय अवरुद्ध बनेको थियो ।

त्यसअघि खेलको ५०औं मिनेटमा रेखा पौडेलले दोहोरो पहेलो कार्ड पाउदै रातो कार्ड पाएपछि दर्शकले अवरोध गरेका कारण खेल १० मिनेटभन्दा बढी अवरुद्ध भएको थियो ।