सुनचाँदीको मूल्य  घट्यो, तोलाको कति पुग्यो ?


काठमाडौँ । 

पछिल्ला केही दिन लगातार बढेको सुनको मूल्य  आज भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलाको ७ सयले घटेर तोलाको एक लाख ६६ हजार पुगेको छ ।

यसअघि बुधवार सुन तोलाको एक लाख ६६ हजार ७ सयमा कारोबार भएर अहिलेसम्मकै उच्च मूल्य कायम भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले घटेर २०९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।