आज पनि बढ्यो सुनको भाउ, कति पुग्यो तोलाको ?


काठमाडौँ । 

सुनको मूल्य  बढ्ने क्रम आज पनि जारी रहेको छ । सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा  ६ सयले बढेर  एक लाख ६५ हजार ६ सय पुगेको छ ।

यस अघि आइतबार सुन तोलाको एक लाख ६५ हजारमा कारोबार भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर २०९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।