रवि लामिछानेको बयान सकियो, म्याद थपको निर्णय केही बेरमा आउने

48.69k
Shares

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँगको बयान सकिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा सभापति लामिछानेको बहस सकिएको हो । गत शुक्रवार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई आज अदालतमा उपस्थिती गराइएको हो ।

बयान सकिएकाले केही बेरमा उनलाई थुनामा राख्ने कि नराख्नेलगायत म्याद थपबारे आदेश आउने जनाईएको छ ।

प्रहरीले रवि लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका सरकारी वकिलको कार्यालयमार्फत म्याद थपका लागि ५ दिनको म्याद मागेको छ ।