निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, प्रहरीसँग धकेलाधकेल


पोखरा ।

जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्रमा रास्वपाका नेताकार्यकर्ताले प्रदर्शन गरिएरहेका छन् । कास्की जिल्ला अदालत, शहीदचोक आसपास प्रशासनले निषेधित क्षेत्र तोकेको छ । जिल्ला प्रशासनले निषेधाज्ञा तोकेपनि रास्वपाका समर्थकहरूले प्रदर्शन जारी राखेपछि अवस्था तनावग्रस्त बनेको छ ।

निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेको रास्वपालाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेलसमेत भइरहेको छ । अहिले पनि रास्वपाका नेता कार्यकर्ताले रवि पक्राउको विरोधमा शहीदचोकमा नाराबाजी गरिरहेका छन् ।

शहीद चोकमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।