सुनको मूल्यमा नयाँ कीर्तिमान, कतिमा भइरहेको छ कारोबार ?


काठमाडौं ।

सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुन तोलाको ६ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६५ हजार पुगेको हो।

यस अघि शुक्रबार सुन तोलाको एक लाख ६४ हजार ४०० मा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ९५ रुपैयाँले बढेर २०७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।