नवलपरासी जीप दुर्घटना हुँदा दुईको मृत्यु ३१ जना घाईते


नवलपरासी।


पूर्वी नवलपरासीको बालुवाडाडा जीप दूर्घटनामा परि शनिबार २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ३१ यात्रु घाईते भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक यादब ढकालले बताए । दुर्घटनामा बुलिङ्गटार ३ घरभई कावासोती बस्ने २० वर्षीया पबित्रा मश्राङ्गी मगर अर्का एक अन्दाजी ३० र ३२ वर्षका पुरूष रहेकाछन् ।

घाईतेहरूको स्थानीय तथा जिल्ला अस्पताल तथा गम्भीर केहीलाई भरतपर तर्फ थप उपचारका लागि पठाईएको प्रहरीले जनाएको छ ।

पहाडी बुलिङ्गटारबाट कावासोती तर्फ आउदै गरेको बाग्मती प्रदेश ०७-००१ ज ००२० नम्वरको भाडावाल बलेरो जीप ओेरालो सडकमा अनियन्त्रित भई उक्त दुर्घटनामा भएको बताईएको छ ।

दुर्घटनामा ७ पुरूष,१० महिला र १५ बालबालिका घाईते भएको र थप १ जनाको अवस्था बुझ्ने काम भईरहेको प्रहरीको भनाई रहेको छ ।