गगन थापालाई मनिषको प्रश्न – तपाईँको दलमा कुनै ठग छैन भन्ने आँट छ ?


काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाविरुद्ध आक्रोशित बनेका छन्।

पोखरामा रास्वपाले आयोजना गरेको विरोध प्रदर्शनमा सम्बोधन गर्दै रास्वपा सहप्रवक्ता समेत रहेका झाले कांग्रेस महामन्त्री थापालाई कांग्रेसमा कुनै ठग छैन भनेर भन्न सक्ने आँट छ भन्दै प्रश्न गरे । साथै उनले आफ्नो दलमा कुनै पनि ठग नरहेको दाबी गरे।

‘यो देशमा कोही राजनीतिक दल छ जसले छाती ठोकेर भन्न सक्छ, मेरो दलमा, मेरो पार्टीमा यो राज्यको सम्पत्ति, करदाताको पैसा दोहन नगरेको एकजना पनि छ भनेर भन्न सक्छ ? उनले भने, ‘नेपाली कांग्रेसको महामन्त्री गगन थापाले छाती ठोकेर भन्न सक्छ ? कि त्यो पार्टीमा, नेपाली कांग्रेसमा यो देशको सम्पत्ति दोहन नगरेको यो देशको करदाताको पैसा नखाएको कोही पनि छैन भनेर छाती ठोक्न सक्छ ? म ठोक्न सक्छु, मेरो पार्टीमा एक जना पनि छैन’।

सहकारी ठगी प्रकरणमा प्रहरीले पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेसँगै रास्वपाले आज पोखरामा विरोध प्रदर्शन गरेको हो ।