जनसरोकारका विषयमा विपक्षी दलहरूले सरकारको ध्यानाकर्षण गराउने


काठमाडौं ।

प्रतिपक्षी दलहरुले सरकारलाई जनसरोकारका विभिन्न विषयमा ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ। विपक्षी दलहरूले उठाएका जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने निष्कर्ष निकालेको नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले जानकारी दिएका छन्।

नेता बस्नेतले सरकारले जनसरोकारका विषयमा सरकारले प्रभावकारी काम नगरेमा संसद्को विशेष अधिवेशन बोलाउने विषयमा समेत छलफल भएको बताए।

उनले भने- ‘प्रतिपक्षी पार्टीहरूको तर्फबाट सरकारको ध्यानाकर्षण गराउने र ज्ञापन पत्र पेस गर्ने भन्ने समझदारी भएको छ। जनसरोकारका मुद्दामा सरकारले गम्भीरता देखाएन र सकारात्मक रेस्पोन्स गरेन भने विशेष अधिवेशन आव्हान गर्नुपर्ने परिस्थिति पनि आउन सक्छ भन्ने छलफल भयो।’

बैठकमा नेकपा एकीकृत समाजवादी फुटाउन सरकारले अध्यक्ष जारी गर्ने तयारी गरेको र सहकारी ठगीमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने तयारी गरेको विषयमा समेत छलफल भएको बुझिएको छ।