एकैदिन तोलामा २ हजारले बढ्यो सुनको मूल्य


काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुन तोलाको दुई हजारले बढेर अहिलेसम्मकै महँगो एक लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको हो।

यसअघि बुधबार र बिहीबार पनि सुनको मूल्य बढेको थियो। हिजो सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ३० रुपैयाँ बढेर चाँदी आज एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।