अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका महिला टी-२० विश्वकपको फाइनलमा


काठमाडौं ।

दक्षिण अफ्रिका जारी आईसीसी महिला टी-२० विश्वकपको फाइनलमा पुगेको छ। दक्षिण अफ्रिकाले सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो।

अस्ट्रेलियाले दिएको १३५ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले १७ .२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। यस अघि टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै १३४ रन बनाएको थियो।

६ पटकको विश्वकप विजेता अस्ट्रेलिया २००९ पछि पहिलो पटक सेमिफाइनलबाट बाहिरिएको छ।  योसँगै दक्षिण अफ्रिकाले अब फाइनलमा न्यूजिल्याण्ड र वेस्ट इन्डिजबीचको विजेतासँग आइतबार खेल्ने छ।