अमेरिकाविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल


काठमाडौं ।

नेपालले अमेरिकाविरुद्धको टी- २० सिरिजको पहिलो खेलमा टस हारेको छ। अमेरिकी कप्तान मोनांक पटेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन्। अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने यस खेलमा टस हारेसँगै नेपालले पहिला ब्याटिङ गरिरहेको छ।

६ ओभरकाे खेल सकिँदा नेपालले १ विकेटको क्षेतिमा ५० रन जोडेकाे छ । पहिलो विकेटका रुपमा नेपालका अनिल शाह २७ रन बनाएर आउट भए ।

नेपाल र अमेरिकाबीच यस अघि २०१५ मा एक मात्र टी-२० खेल खेलिएको छ । टी-२० विश्वकप छनौट अन्तर्गतको सो खेल नेपालले जितेको थियो । त्यसयता नेपाल र अमेरिकाबीच टी-२० खेल भएको छैन । 

यस खेलमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, र सगर ढकाल खेलिरहेका छन् ।  नेपालले सिरिजको दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार खेल्ने तालिका छन् ।