राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठक बस्दै


काठमाडौं ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक आज बस्दै छ। गृहमन्त्री अध्यक्ष रहेको प्राधिकरणको बैठक आज दिउँसो ३ बजे प्राधिकरणको कार्यालय, सिंहदरबारमा बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

आजको बैठकले बाढी पहिरोपछिको राहत वितरण र पुनः निर्माण बारे महत्त्वपूर्ण निर्णय गरेर सरकारलाई सिफारिस गर्ने तयारी गरिएको छ। प्राधिकरणको सिफारिस अनुसार आजै बस्ने मन्त्रिपरिषद्को बैठकले यस विषयमा निर्णय लिने बताइएको छ।