साजिद खानले ७ विकेट लिएपछि इङल्याण्ड २९१ रनमा अलआउट


काठमाडौं ।

पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा इङल्याण्ड २९१ रन बनाएर अल आउट भएको छ। पाकिस्तानका बलर साजिद खानले ७ विकेट लिएपछि इङल्याण्ड २९१ रनमा अल आउट भएको हो।

योसँगै यस टेस्टको पहिलो इनिंगमा पाकिस्तानले महत्त्वपूर्ण ७५ रनको बढत बनाएको छ। इङल्याण्डका लागि पहिलो इनिंगमा बेन डुकेटले ११४ रन बनाए भने अन्य ब्याटरले उल्लेख्य योगदान गर्न सकेनन्। पाकिस्तानका बलर साजिद खानले ७ विकेट लिएका थिए। त्यस्तै नोमन अलीले ३ विकेट लिएका थिए।

यस अघि पाकिस्तानले आफ्नो पहिलो इनिंगमा ३६६ रन बनाएको थियो। अब पाकिस्तानले आफ्नो दोस्रो इनिंगको ब्याटिंग सुरु गर्दै छ।