बुद्ध एयरको विमानमा प्राविधिक समस्या, काठमाडौंमा सुरक्षित अवतरण


काठमाडौं ।

बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएको छ। बिहीबार बिहान उडान नम्बर १०० मा रहेको विमानको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएपछि विमानलाई डाईभर्ट गरी काठमाडौं  विमानस्थलमा सुरक्षित अवतरण गराइएको बुद्ध एयरले जानकारी दिएको छ। अहिले विमानको प्राविधिक टोलीले चेकजाँच गरिरहेको बताइएको छ ।

बुद्ध एयरले यस बारेमा जानकारी दिँदै भनेको छ- आज बिहान उडान नम्बर १०० नाइन एन एजेएसको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई डाईभर्ट गरी काठमाडौं  विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ। हाम्रो प्राविधिक टोलीले जहाजको चेकजाँच गरिरहेको छ।