सुनको मूल्यमा नयाँ कीर्तिमान


काठमाडौं ।

सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुन तोलाको ६ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६२ हजार ४ सय पुगेको हो।

यस अघि बुधबार सुन तोलाको एक लाख ६१ हजार ८०० मा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १९५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।