बीपी राजमार्ग आज रातभर बन्द हुने


काठमाडौं ।

 नयाँ ट्रयाक खोलेर सञ्चालनमा ल्याइएको बीपी राजमार्गको धुलिखेल–भकुण्डेबेंसी खण्डमा आज (बुधबार) रातभर सवारी आवागमन बन्द गरिएको छ । असोज दोस्रो साताको बाढी–पहिरो र डुबानले क्षति पुर्‍याएको भकुण्डेबेंसी वर्षेखोला खण्ड (काभ्रे) को करिब ८ किलोमिटर सडक नयाँ ट्रयाक खोली यात्रुवाहक सवारी साधन सुचारु गरिएको थियो ।

तर, नयाँ ट्याकको मर्मत तथा सुधार कार्य भइरहेको साथै जुनसुकै समयमा पनि सुख्खा पहिरो झर्ने सम्भावना रहेकाले बेलुका ६ बजेदेखि बिहानको ४ बजेसम्म उक्त खण्ड बन्द गरिएको सडक डिभिजन भक्तपुरले जनाएको छ ।