सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान


काठमाडौं ।

शुक्रबार सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। आज सुनको मूल्य तोलामा ४ सयले बढेर तोलाको एक लाख ६१ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो। 

यस अघि असोज ११ गते सुनको मूल्य एक लाख ६१ हजार २ सयमा कायम भएको थियो। त्यस्तै बिहीबार भने सुन एक लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदीको मूल्य ३ रुपैयाँले बढेर १९८० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ।