बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु


काठमाडौं ।

हालैको बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन्। अन्य एक सय ७७ जना घाइते भएका छन्।

बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी रहेको उनले बताए।