जापानको विमानस्थलमा बम विष्फोट भएपछि…

33.28k
Shares

काठमाडौं ।

जापानको एक विमानस्थलमा विश्वयुद्धको समयमा अमेरिकाले फ्याकेको बम विष्फोट भएको छ । बुधबार दक्षिण पश्चिम जापानको मियाजाकी विमानस्थलमा सो बम विष्फोट भएको हो ।

विष्फोटको समयमा आसपासमा कुनै विमान थिएन । ट्याक्सी हिँड्ने बाटोमा बम विष्फोट हुँदा खाल्डो बनेको छ । आत्मरक्षा बल र प्रहरीले गरेको अनुसन्धानपछि विष्फोट भएको बम ५०० पाउन्ड तौलको अमेरिकाले फ्याकेको बम भएको खुलासा सञ्चारमाध्यले जनाएका छन् ।

विष्फोटपछि अरु खतरा नभएको बताइएको छ । बम के भएर पड्कियो भन्ने खोजी भइरहेको छ । यो घटनापछि विमानस्थलबाट हुने ८० वटाभन्दा धेरै उडान रद्द गरिएको छ ।