जातिय संस्कार– संस्कृति सम्बन्धि फोटो प्रर्दशनी

0
Shares

दोलखा ।

फोटो पत्रकार जीवन लामाको सक्रियता एवम् रुपकला फोटो स्टुडियो चरिकोटको प्रर्वद्धनमा दोलखा सदरमुकाम चरिकोट स्थित लक्ष्मी लजको हलमा फोटो प्रर्दशन गरिएको छ ।


‘संस्कार र संस्कृतिमा दोलखा’ फोटो प्रर्दशनीमा दोलखामा रहेका लोपोन्मुख, सिमान्तकृत लगायतका जातजातिहरुको संस्कार तथा सांस्कृतिक परम्परा समेटिएको फोटो समावेश गरिएको फोटो पत्रकार जीवन लामाले बताए । प्रर्दशनीमा दोलखा जिल्लामा रहेको लोपोन्मुख सुरेल जाति समेत थामी, जिरेल, सुनुवार, नेवार, शेर्पा र तमाङ जातिको संस्कार– संस्कृति समेटिएको ४० वटा फोटो राखिएको फोटो पत्रकार लामाले बताए ।


चरिकोट मिडिया फाउण्डेशनले आयोजना गरेको फोटो प्रर्दशनीको प्रर्वद्धक रुपकला फोटो स्टुडियो चरिकोट, समन्वय राष्ट्रिय फोटो पत्रकार समूह दोलखा र संस्था पार्टनर दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ रहेको आयोजक चरिकोट मिडिया फाउण्डेशनका अध्यक्ष समेत रहेका फोटो पत्रकार लामाले बताए ।


फोटो प्रर्दशनीमा राखिएका बिभिन्न व्यक्तिहरुले खिचेको जातिय संस्कार– संस्कृतिको फोटोहरु कुनै व्यक्ति, संघ– संस्था वा व्यवसायीक संस्थाले खरीद गर्न चाहे एउटाको १५ सय, दुईवटाको २५ सय र तीन वटाको ३५ सयमा बिक्रि गरिने आयोजकले जनाएको छ ।
यस अघि चरिकोट मिडिया फाउण्डेशनले दोलखा जिल्लामा पाईने विभिन्न प्रजातिका फूूलहरुको फोटो प्रर्दशन गरेको थियो ।
दोलखा जिल्लाको पर्यटन प्रर्वद्धन गर्दै आर्थिक विकासमा टेवा पु¥याउने उदेश्यले विभिन्न शीर्षकमा फोटो प्रर्दशनी आयोजना गरिएको लामाले बताए ।