“ऐतिहासिक बस्ती टोखा” पुस्तक लोकार्पण


काठमाडौं ।

काठमाडौँ उपत्यकासँगै जोडिएको परम्परागत ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्वको बस्ती टोखाको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले लेखिएको “ऐतिहासिक बस्ती टोखा” पुस्तिकाको लोकार्पण भएको छ ।

टोखा परम्परागत चाकु संरक्षण समाजद्वारा मङ्गलवार टोखामा आयोजित कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, सोही नगरको वडा–१,२,३ र ४ का वडाध्यक्षहरु क्रमश? रमेशकुमार लामिछाने, धर्मेन्द्र श्रेष्ठ, रमेश डंगोल, घमेन्द्र श्रेष्ठ र टोका मुल नाइके हेमराज श्रेष्ठ, समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठलगायतले सो पुस्तकको लोकार्पण गर्नुभएको हो ।
लेखक पदम श्रेष्ठले लेख्नुभएको सो पुस्तिकाको प्रकाशन टोखा परम्परागत चाकु संरक्षण समाजले गरेको हो ।


टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले ऐतिहासिक बस्ती टोखा पुस्तिकाले टोखा नगरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्वका देवस्थल र परम्परागत बस्ती, संस्कृति कलादेखि राष्ट्रिय-अन्तर्राष्ट्रिय रुपमै टोखाको पहिचान बनेको चाकु व्यवसायलगायत स्थानीयको आय आर्जनमा सहयोगीसिद्ध बनेका पेशा, व्यवसायबारे जानकारीमुलक विषय समेट्न सफल भएको बताउनुभयो ।


उहाँले लेखक पदम श्रेष्ठद्वारा लिखित यस पुस्तकले टोखा नगरको आन्तरिक र बाह्रय पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । नगरप्रमुख अधिकारीले टोखालाई पर्यटकीय आकर्षणको केन्द्रविन्दु बनाउन प्रयासमा सरसफाई अभियानले पनि थप सहयोग पुग्ने बताउँदै टोखाबासीले आफ्नो घरआगन अगाडिको सफाई गर्न दिनको २-४ मिनेट समय दिएर योगदान दिन सकिने बताउनुभयो ।


सो अवसरमा टोखा नगर–१ का वडा अध्यक्ष रमेशकुमार लामिछानेले परम्परा, संस्कृति, जात्रा पर्वले धनी टोखालाई व्यवसायिक रुपमा पनि समृद्ध बनाउन सकिने चाकु व्यवसायले निक्कै सहयोग गरेको बताउँदै पुस्तिकाको माध्यमबाट टोखाको गौरवलाई पुस्तान्तरण गर्न मद्दत पुग्ने बताउनुभयो ।

वडा ३ का अध्यक्ष रमेश डंगोलले टोखाको समृद्ध संस्कृति, खाना, चाकुको परिकारलाई राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्तरसम्म प्रवद्र्धन गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै यस पुस्तकमा अभिलेखीकरण भएको यहाँको सांस्कृतिक एवं व्यवसायिक पाटोले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने र त्यसबाट टोखाबासीको आर्थिक सशक्तिकरण बलियो हुने आशा व्यक्त गर्नुभयो ।

टोखा परम्परागत बस्तीका मुल नाइके हेमराज श्रेष्ठले टोखाको गौरवपूर्ण संस्कृति, पर्व जात्रा र यहाँका धार्मिक स्थल, यहाँको खाना, चाकुलगायतका परिकारको महत्वलाई नयाँ पुस्ता र पाठकलाई वास्तविक कुरा बुझाउन पुस्तक सफल हुने बताउँदै छुटेका संस्कृति, कलाका विषयमा पनि आगामी अङ्कमा समेट्न सल्लाह, सुझाव दिनुभयो ।

पुस्तकका लेखक पदम श्रेष्ठले करिब २२ वर्ष अगाडिदेखि काठमाडौँ उपत्यकाको सांस्कृतिक, धार्मिक सम्पदा, संस्कृतिको खोज, अनुसन्धान पुस्तक लेखन अभियानको क्रममा टोखाको परम्परागत वैभवलाई पनि नजिकबाट चिन्ने लेख्ने अवसर पाएकोले टोखाकै सम्पदा, संस्कृतिको सङ्गालो सो पुस्तक तयार भएको बताउनुभयो ।

उहाँले ऐतिहासिक बस्ती टोखा पुस्तिकाले टोखाको पुरातात्विक, सांस्कृतिक वैभवको अवलोकन भ्रमण गराउँदै यहाँको पहिचान नै बनेको चाकुलगायतका परम्परागत खाना, मिठाईले स्वागत गर्दै पर्यटन बढाउन सकिने आशाको किरण जगाउने प्रयास भएको बताउनुभयो ।

परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले टोखामा आफ्ना पुर्खाले चाकु बनाएर गरेको व्यापारलाई प्रवद्र्धन गर्न स्थापना भएको समाजले हरेक वर्ष टोखासँग सम्वन्धीत विविध काम गर्दै आएकोमा यस पटक टोखामा पर्यटन भ्रमण गराउन सकिने सम्भावनालाई सो पुस्तिकाको रुपमा प्रकाशन गरेको बताउनुभयो ।

उहाँले आफ्नो क्षेत्रमा रहेका मठ, मन्दिर, धार्मिक स्थल, पिकनिकस्पट, परम्परागत जात्रा, पर्व, चाकु, नेवार खानाको प्रवद्र्धनबाटै टोखाको समृद्धि बढाउन सकिने सम्भावनालाई पुस्तिकाले उजागर गरेको बताउँदै दशैंको शुभकामना व्यक्त गर्नुभयो ।
सो अवसरमा पुस्तिका प्रकाशन गर्न विभिन्न भूमिकामा सहयोग र साथ दिने लेखक पदम श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ, विष्णुभाई श्रेष्ठ, राकेश श्रेष्ठ, रामकुमार अधिकारी, कीर्तन श्रेष्ठ,कर्णबहादुर डंगोल, गगनकुमार श्रेष्ठ, राजकाजी श्रृष्ठ, विद्यासागर डंगोल, बुद्ध श्रेष्ठ,राज्यलक्ष्मी श्रेष्ठ, बाबुलाल डंगोल,हंशराज श्रेष्ठलगायतलाई सम्मानपत्र प्रदान गरिएको थियो ।


कार्यक्रममा सहभागीलाई काशीलाल चाकु प्रोडक्सनले तयार गरेको चाकु मिठाई मायाको चिनोका रुपमा प्रदान गरिएको थियो