रिहा भएपछि दुर्गा प्रसाईले भने- एक थोपा रगत हुन्जेल लड्छु


काठमाडौं ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छुटेका छन् ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले प्रसाईलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि प्रसाई मंगलबार साँझ रिहा भएका हुन् ।

साईविरुद्ध सामाजिक सञ्जालमा एक महिलाको चरित्रहत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको छ बहने सामाजिक सञ्जालमार्फत चरित्रहत्यासँग सम्बन्धित अर्को मुद्दा पनि दर्ता भएको थियो ।

रिहा भएपछि प्रसाईले आफु शरीरमा एक थोपा रगत हुन्जेल आम जनताको लडाई लड्ने बताएका छन् । उनले आफुलाई वीर अस्पतालबाट जबर्जस्ती डिस्चार्ज गरिएको आरोप लगाउदै आफुले नेपालकै ठुलो अस्पताल चलाइरहेको बताए ।