राजेश हमाल फिल्ममा कमाल

0
Shares


ख्यातिप्राप्त अभिनेता राजेश हमाललाई नचिन्ने सायदै नेपाली होलान्। भलै नचिने पनि नाम भने सबैले सुनेकै हुन्छन्।
बच्चादेखि वृद्धसम्मले हिरोको रूपमा लिने उनको नाम गाउँदेखि शहरसम्म र देशदेखि विदेसम्म लोकप्रिय छ।

नेपाली फिल्मलाई व्यावसायिक धारमा ल्याउने अभिनेताको ट्याग पाएका उनको जन्म २०२१ सालमा पाल्पामा भएको थियो। हमालको पहिलो फिल्म युगदेखि युगसम्म हो। पछि यही नामलाई लिएर द युगदेखि युगसम्म नामको अर्को फिल्म बनाइएको थियो। जसमा उनी नै प्रमूख भूमिकामा थिए।

फिल्म खेल्नुअघि उनले भारतबाट प्रकाशित द नेट म्यागेजिनमा फोटो सेसन गरेका थिए भने काठमाडौंमा केही ¥याम्प शोमा पनि मोडलिङ गरेका थिए। कुशल कार्यक्रम प्रस्तोता पनि रहेका उनले को बन्छ करोडपति, क्वीजजस्ता टेलिभिजनमा विभिन्न कार्यक्रमसमेत सञ्चालन गरेका छन्। भर्खरै ६१ वर्ष लागेका राजेशको जोश भने १६ वर्षको जस्तो छ। उनीबारे केही रोचक प्रसंग

 सम्पन्न परिवारमा जन्मेका उनका पिता चूडाबहादुर हमाल विभिन्न देशका लागि नेपालका राजदूत थिए। पिताको सरुवा विभिन्न देशमा भएसंगै राजेश पनि रुस, थाइल्याण्ड, पाकिस्तान, भारतजस्ता देश पुग्ने गर्दथे। सोही करण उनको पढाइ पनि ती देशका स्कुल र कलेजमै भयो।
 बौद्धिक अभिनेताका रूपमा चर्चित हमालले अंग्रेजी साहित्यमा एमए गरेका छन्।
 विभिन्न देशमा पढाएको छोराले सिनेमा भन्दा राम्रो क्षेत्रमा काम गरोस् भन्ने उनका पिताको सोच थियो। तर, उनले कहिले ¥याम्प वाक कहिले मोडलिङ र पछि सिनेमामा काम गरेको उनका पितालाई मन परेको थिएन। विभिन्न अन्र्तवार्तामा उनले सोही कारण पितासँग बोलचालसमेत बन्द भएको बताएका छन्।

 हमालले शुरूमा फिल्म खेल्ने बेलामा आप्mनो करियर नै यही बन्नेछ भन्ने सोचेका थिएनन्। खासमा एक दुई फिल्म खेलेर पछि अरू नै केही गर्ने सोच उनको थियो। तर, युगदेखि युगसम्मबाट सुरू भएको उनको फिल्मको सङ्ख्या तीन सय नाघिसकेको छ। हमालले वर्षमा १६ वटासम्म फिल्ममा काम गरेका थिए। तीमध्ये युगदेखि युगसम्म, अल्लारे, वसन्ती, देउता भने उनलाई पनि निक्कै मनपर्ने फिल्म हुन्।
 ५० को दशकमा करिअरको उत्कर्षमा रहेका राजेशलाई हेर्ने दर्शकको थेगिनसक्नुको हुने गथ्र्यो। पढे लेखेका र बौद्धिक नायकको रूपमा रहेका उनलाई फिल्म निर्माता राजेशको टाउको बिक्छ भन्दै आफ्नो फिल्ममा लिन तँछाडमछाड गर्थे।
 सम्पन्न परिवारका राजेशको छवि दर्शकमा भने फरक छ। करिब १५ वर्ष फिल्म क्षेत्रमा एकक्षत्र राज गरेका राजेश प्रायः फिल्ममा मजदुर, किसान, हलीजस्ता एंग्री यङम्यानको भूमिकामा देखिन्थे भने फाटेको कपडा, दौरा सुरूवाल कछाड आदि लगाएर अभिनय गर्ने उनी अन्यायविरुद्ध लड्ने, गुण्डाहरूलाई तह लगाउने निडर स्वाभावको चरित्रमा देखिन्थे। फिल्म शकुन्तलामा उनले महिलाको भूमिका निभाएका छन्।


 लामो समयसम्म अविवाहित रहेका कारण चर्चामा रहेका उनले सन् २०१४ मा ५० वर्षको उमेरमा आफूभन्दा २२ वर्ष कान्छी मोडल मधु क्षेत्रीका साथ प्रेम विवाह गरेका थिए। अहिले भने उनलाई सन्तान कहिले पाउने भन्ने प्रश्न आउने गर्छन्।
 नेपाली फिल्ममा उनले दिएको योगदानका कारण उनलाई महानायकको उपाधि दिइएको छ। उनको यो उपाधिलाई लिएर बेलाबेलामा विवाद गर्ने गरिएको छ।

 उनको व्यक्तित्व, सार्वजनिक समारोहमा प्रस्तुत हुने शैली तथा दर्शकका साथ उनले गर्ने व्यवहार, विवादित विषयमा विवेकपूर्ण शैलीको प्रतिक्रिया दिने तरिका आदिका कारण पनि उनलाई माया र श्रद्धा गर्ने दर्शकको सख्या ठूलो छ।
 उनले बोलेको दुश्मनको लागि यो हात फलाम हो, साथीको लागि यो हात सलाम हो, शंकर हुँ म शंकरजस्ता डाइलग चर्चित छन् भने उनको नाममा थुप्रै जोक्स चलेका छन्।
 उनको नाममा मेरो राजेश दाईनामक फिल्म बनेको थियो। जसमा उनी स्वयंले अभिनय गरेका थिए भने उनको जीवनीबाट प्रभावित म राजेश हमालनामक फिल्मसमेत निर्माण भएको थियो।
 राजेश आठ वर्षयता फिल्मा देखिएका छैनन्। फिल्ममा नदेखिए पनि उनको लोकप्रियता भने उत्तिकै छ। जसका कारण उनी देश विदेशमा हुने कार्यक्रममा व्यस्त रहँदै आएका छन्।
 आठ वर्षको अन्तरालपछि उनी नरसिंह अवतारमा देखिँदैछन्। उनले यस बीचमा अफर आएका केही फिल्म नकार्दै आएका थिए।
 हमालले आफैँ फिल्म निर्देशन गर्ने सोच पनि बनाएका थिए। तर, अहिलेसम्म यसमा अघि भने बढेका छैनन्।