धादिङमा सुविधा सम्पन्न “ट्रिपल क्राउन रिसोर्ट” सञ्चालन

2.54k
Shares

काठमाडौं ।

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका-४ मासटारमा सुविधासम्पन्न ट्रिपल क्राउन रिसोर्ट सञ्चालनमा आएको छ ।

स्थानीय युवा केशव अधिकारी, दिपक अधिकारी र रमेश अधिकारीको संयुक्त लगानीमा सञ्चालित रिसोर्टलाई जिल्लामा अहिलेसम्मकै सुविधासम्पन्न रिसोर्टको रुपमा लिइएको छ ।

उक्त रिसोर्टमा विवाह, व्रतबन्ध, सेमिनार, गोष्ठीलगायतका कार्यक्रम र पर्यटकहरुका लागि विशेष सेवासुविधाहरु रहेका सञ्चालक टिमले बताएका छन् । एकै दिनमा पाँच सय जना पाहुनालाई खाना खुवाउन सकिने रिसोर्टका प्रबन्धक निर्देशक दिपक अधिकारी बताउँछन् । ८ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा करिव १५ करोड लगानी लागेको बताइएको छ ।

रिसोर्टमा पर्यटकहरुलाई उच्चस्तरका सेवा सुविधाहरु उपलब्ध गराउने अधिकारीको भनाइ छ। एकरातमा करिब ५० जना बास बस्न सक्ने यस रिसोर्टमा सबै कोठामा बातानुकुलित एसी जडान गरिएको छ । रिसोर्ट परीसरमै मीठो, मानक डिलक्स र डिलक्सगरि १५ वटा कोठाहरु छन् ।

रिसोर्टमा पर्यटकको सुविधाका लागि कोफेरेन्स हल-२, स्विमिङ पुल-२ (वयस्क/बालबालिका), कफी पसल, बार

र बच्चाहरुका लागि मनोरञ्जनयुक्त स्थान तथा बगैँचाको सुविधा रहेको छ ।