मलेखुमा सुख्खा पहिरो

188
Shares

धादिङ ।
पृथ्वीराजमार्गको गजुरी गाउँपालिका वडा नम्बर २ मलेखुमा सोमबार बेलुका सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

तीन दिन लगातारको वर्षाले कमजोर भएको भू-भागमा सोमबार घाम लागेर सुकेको थियो ।

सडक विस्तारको क्रममा कुनापटी खनेर छाडेको ठाउँमा माथीबाट पहिरो आएर राजमार्ग अवरुद्ध भएको मलेखुका स्थानीय रामहरी थापाले जानकारी दिएका छन् ।

सडकमा पहिरोले बाटो बन्द भएपछि दुबैतर्फ सवारी साधन रोकिएको छ ।