इङल्याण्डविरुद्धको सिरिजमा अस्ट्रेलिया विजयी


काठमाडौं

अस्ट्रेलियाले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिज जितेको छ। गए राति सम्पन्न पाँचौँ तथा अन्तिम खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई डिएल मेथड अनुसार ४९ रनले पराजित गर्दै सिरिज ३-२ ले जितेको हो।

इङल्याण्डले दिएको ३१० रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २०.४ ओभरमा २ विकेट गुमाउँदै १६५ रन बनाएपछि खेल वर्षाले अवरुद्ध भएको थियो । त्यसपछि खेल हुन सकेन र खेलको निर्णय डिएल मेथडबाट लिइएको थियो।

जस अनुसार अस्ट्रेलिया ४९ रनले विजयी भयो र सिरिजमा कब्जा गरेको हो। पाँच खेलको यस सिरिजमा सुरुका २ खेल अस्ट्रेलियाले जितेको थियो भने त्यसपछिका दुई खेल इङल्याण्डले जितेको थियो।