पुमालाई म्याराडोनाको त्यो सबक

1.32k
Shares

सन १९९४ को फिफा विश्वकपको समयमा अर्जेन्टिनी लिजेन्ड फुटबलर डिएगो म्याराडोना डोपिङको कारण १५ महिनाका लागि प्रतिबन्धित भएका थिए। यो घटनापछि ठूला खेल सामाग्री निर्माण कम्पनीहरूले म्याराडोनासँगको आफ्नो प्रायोजन सम्झौताहरू खारेज गरेका थिए। जसमध्येको उनको सबैभन्दा ठूलो र पुरानो प्रायोजक पुमाले समेत सम्झौता रद्द गरेका थिए। किनभने प्रतिबन्धित म्याराडोनाका कारण उनीहरुलाई समेत घाटा हुने ठानेर त्यसो गरेका थिए।

त्यसअघि पुमाले सन १९८२ को फिफा विश्वकपअघि देखि नै म्याराडोनासँग प्रायोजन सम्झौतालाई निरन्तरता दिंदै आएको थियो। ठूलो ब्रान्डहरूले उनीसँगको प्रायोजनमा अस्वीकृती जनाएपछि म्याराडोनाले एक जोडी जुत्ता किनेर त्यसलाई कालो रंगले पेन्ट गरेर लगाउन थाले। यो ट्रेन्ड ९० को दशकमा खेल जगतमा आगोको झैं फैलियो। किनभने उनले आफ्नो करियरमा पुमा बाहेक अन्य कुनै ब्रान्डका जुत्ता लगाएका थिएनन्।

यो घटना नियालिरहेको एउटा जापानी कम्पनीले प्रायोजन गर्न म्याराडोनालाई राजी बनायो। प्रतिबन्ध सकिएसँगै सन १९९५ मा पुनः फुटबलमा फर्कदां म्याराडोनाले जापानी ब्रान्ड मिजुनोको फुटबल बूट लगाएका थिए। म्याराडोनासँगको सम्झौतापछि उक्त कम्पनीले ठूलो नाफा कमायो।

यो घटनापछि पुमाले म्याराडोनासँग माफी माग्दै उनीसँग आकर्षक प्रस्तावसहित जीवनभरको लागि सम्झौताको प्रस्ताव गरे। म्याराडोनाले पुमासँग कुन प्रकारको सम्झौता गरे भन्ने कुरा स्पष्ट छैन। तर, १९९६ मा पुमाले पुनः म्याराडोनालाई आधिकारिक दूतको रूपमा नियुक्त गर्‍यो। फुटबलरप्रतिको प्रेम देखाउनका लागि पुमा ब्रान्डले म्याराडोनालाई इंगित गर्न विशेष कपडा (puma 10 ) समेत जारी गरेका थिए।