झ्याप्ले खोलामा थप ३ जनाको शव फेला


काठमाडौं ।

धादिङको झ्याप्ले खोलामा आज (आइतबार) बिहान थप ३ शव फेला परेको छ। एउटा बस पुरिएको अवस्थामा फेला परेको र उक्त पहिरोमा थप तीन वटा शव फेला परेको प्रहरीले जनाएको छ।

ती तीन जना गोरखाबाट आएको बसका यात्रु हुनसक्ने अनुमान गरिए पनि पुष्टि भने भइनसकेको प्रहरीले जनाएको छ।

शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस सम्पर्कविहीन भएको दरौदी यातायात प्रालिले जनाएको छ। शव निकालिएपछि अहिले गाडी निकाल्ने प्रयास भइरहेको छ।