झ्याप्ले खोलामा पुरिएको अवस्थामा बस भेटियो 


धादिङ ।

पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले पुरिएको अवस्थामा बस भेटिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा अर्को बस भेटिएको हो। प्रहरीले अहिलेसम्म २ शव समेत फेला परेको बताएको छ।

अहिले पुरिएको अवस्थामा रहेको बसको केही भाग मात्र देखिएकाले निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। शुक्रबार गोरखाबाट काठमाडौंका लागि हिँडेको यात्रु बस र शुक्रबार नै चितवनबाट काठमाडौंका लागि हिँडेको माइक्रो बस अहिलेसम्म सम्पर्कविहीन छन्।

बस र माइक्रोको खोजी जारी रहेको र झयाप्ले खोलामा सवारी साधन पुरिएको अवस्थामा भेटिएकाले यही पहिरोमा परेको हुनसक्ने आशङ्का गरिएको छ ।