नेप्सेले भन्यो- सेयर बजार विश्लेषकको मान्यता कसैलाई दिइएको छैन, यथार्थ बुझेर लगानी गर्नुहोस्


काठमाडौँ। 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले लगानी कर्तालाई सामाजिक सञ्जालमा आउने हल्लाको भरमा मात्रै शेयरमा लगानी नगर्न आग्रह गरेको छ।     

सोमबार दिउँसो नेप्सेले एक सूचना जारी  गर्दै नेपालमा  हालसम्म कुनै पनि निकायबाट कसैलाई पनि बजार विश्लेकषको मान्यता नदिएकाले त्यस्ता विज्ञको विश्लेषणलाई मात्र आधार नबनाई यथार्थ बुझेर मात्रै लगानी गर्न सुझाव दिएको हो। 

‘नेपालमा हालसम्म कुनैपनि निकायबाट कसैलाई पनि बजार विश्लेषकको रूपमा दर्ता गर्ने वा मान्यता प्रदान गर्ने गरिएको छैन’ नेप्सेले जारी गरेको सूचनामा भनिएको छ ।सामाजिक सञ्जाल वा आम सञ्चारका माध्यममा त्यस्ता विश्लेषक वा विज्ञका नाममा आउने विश्लेषणलाई मात्र आधार नबनाई यथार्थ बुझेर मात्रै लगानी गर्न सुझाव दिएको छ ।’

 फेसबुक, ट्विटर, क्लब हाउस लगायतका सामाजिक सञ्जाल वा आम सञ्चारका माध्यममा त्यस्ता विश्लेषक वा विज्ञका नाममा आउने विश्लेषणलाई मात्र आधार बनाई लगानी गर्दा  लगानी जोखिममा पार्ने नेप्सेले जनाएको छ ।