सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?


काठमाडौं ।

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार सुन तोलामा १५ सयले बढेपछि आज प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको हो।

यसअघि बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ कायम भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ।

चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १९१५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ।