राउटे युवक वृषबहादुर शाहीको मृत्यु

46.15k
Shares

काठमाडौं ।

लोपोन्मुख राउटे समुदायका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षका वृषबहादुर शाही रहेका छन् ।

केही महिना अघिबाट बिरामी शाहीलाई भदौ ३१ गते उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको थियो । अस्पतालमा चेक गर्दा उनलाई डाक्टरले सरूवा टिबी भएको बताएका थिए ।

उनको कलेजो, मुटुमा पनि धेरै क्षति पुगिसकेकोले उपचार हुन नसक्ने भनेपछि अस्पतालले डिस्चार्ज गरिदिएको थियो । डिस्चार्जपछि बसोबास भएको ठाउँ दैलेखको गुराँस गाउँपालिका-१ सिमेसाल फर्किंदै गर्दा सुर्खेतको कल्यान काँधमा बुधबार राति ९ बजेतिर मृत्यु भएको राउटे परियोजनामा कार्यरत जोडी एक शिक्षक जानकारी दिए ।