लाचार मन्त्रालय : शिक्षण संस्था बाहेक सबै पुरस्कार उधारो

752
Shares


–२ हजार ३ सय जनाको हात खाली
–चार वर्षसम्म पदक नै दिइएन
– करिब साढे १२ सय पदक वितरण गर्न बाँकी
–चाहिने ६ करोड, सरकारले दियो ६० लाख

काठमाडौं ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस मनाइरहँदा पुरस्कार घोषणा गरेर पनि पुरस्कार नपाउनेको संख्या २ हजार ३ स पुगेको छ । पुरस्कृतहरूले चारवर्षदेखि पदक पाउन सकेका छैनन्।

गतवर्ष विभिन्न विधामा उत्कृष्ट विश्वविद्यालयका शिक्षक, कर्मचारीले प्रमाणपत्र समेत पाउन सकेका छैनन्। सबै पदक, पुरस्कार र प्रमाणपत्र राष्ट्रिय स्तरका हुन्।

मन्त्रालयले हालसम्म पदक त दिन सकेन सकेन। प्रमाणपत्रसमेत छापेर वितरण गर्न नसकेको लाचारी प्रकट गरेको छ । मन्त्रालयका अनुसार २०७७ देखि २०८० सम्म कसैले पनि पदक पाएका छैनन्। २०७९ सम्म ९ सय जनाले पदक पाएका छैनन्। यो वर्ष ३ सय ५३ पदक थपिएको छ । अर्थात् १ हजार २ सय ३५ जनाले पदक पाएका छैनन्।

यो वर्ष २ सय ६४ विद्यार्थीलेले नेपाल विद्या भूषण क, ३५ ले नेपाल विद्या भूषण ख, २१ जनाले ग, १५ जनाले छात्रा शिक्षा पदक पाएका छैनन्। पदक नेपाल प्रविधि विद्या भूषण र नेपाल छात्रा विद्यापदकलगायत उच्च शिक्षातर्फ व्यक्तिले प्राप्त गर्ने पुरस्कार तथा प्रमाणपत्र भने उधारो प्रदान गर्ने भएको छ।

मन्त्रालयले यो वर्ष घोषणा गरेको नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण र नेपाल छात्रा विद्यापदकलगायत उच्च शिक्षातर्फ व्यक्तिले प्राप्त गर्ने पुरस्कार तथा प्रमाणपत्र वितरण सम्बन्धमा पछि थप सूचना सार्वजनिक हुने मन्त्रालयले जनाएको थियो।
नेपाल विद्या भूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका, २०७७ बमोजिम राष्ट्रिय शिक्षा दिवसका मन्त्रीस्तरको भदौ ३१ को निर्णयअनुसार पुरस्कृत हुने विभिन्न शैक्षिक संस्थाअन्तर्गतका पदाधिकारीहरू र उच्च शिक्षातर्फ नेपाल विद्या भूषण नेपाल प्रविधि विद्याभूषण र नेपाल छात्रा विद्यापदक प्राप्त व्यक्तिहरूको नाम नामेसीसहितको विवरण मन्त्रालयको वेबसाइटमार्फत् सार्वजनिक गरिएको भनिए पनि वेबसाइटमा अहिलेसम्म नाम राखेको छैन।

दिवसको अवसरमा राष्ट्रिय शिक्षा पुरस्कारस्वरूप प्रमाणपत्र र राष्ट्रिय शिक्षा दिवस २०७६ एवं राष्ट्रिय शिक्षा दिवस २०८० मा पुरस्कारको घोषणा भई प्रमाणपत्र र प्रशंसापत्र पाउन बाँकीका लागि प्रमाणपत्र र प्रशंसापत्रहरूमध्ये विश्वविद्यालयअन्तर्गतका शिक्षक र कर्मचारीहरूको विश्वविद्यालय अनुदान आयोग, प्राविधिक शिक्षालयका प्रशिक्षक र कर्मचारीको हकमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् र सार्वजनिक तथा निजी लगानीका विद्यालयका शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र बालविकास शिक्षकको हकमा सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईमार्फत् वितरण गरिने मन्त्रालयले जारी सूचनामा उल्लेख छ ।

यो वर्षको शिक्षा दिवसमा पदक दिने तयारी मन्त्रालयले गरेको थियो अर्थ मन्त्रालयले बजेट उपलब्ध नगराएको कारण रोकिएको हो। शिक्षा मन्त्रालयका प्रवक्ता डा. कमल पोखरेलले सबैलाई पुग्ने गरी पदक निर्माण गर्न ६ करोड मागेका थियांै, उपलब्ध भएन। मन्त्रालयले ६० लाख रुपियाँ बजेटबाट उत्कृष्ट निजी, समाुदायिक विद्यालय र क्याम्पसलाई नगदसहित पुरस्कृत गरेको छ।

बुधबार सम्पन्न शिक्षा दिवसमा २५ जना विश्वविद्यालयका शिक्षक कर्मचारी, प्राविधिक शिक्षालयका प्रशिक्षक र कर्मचारी गरी ५ जना, सार्वजनिक विद्यालयका ७७ जना शिक्षक र कर्मचारी, ३५ जना निजी लगानीका विद्यालय, शिक्षक र संस्थापक र ३५ जना विद्यालय व्यवस्थापन समितिका द पदाधिकारी र कर्मचारीलाई उत्कृटताको प्रमाणपत्र दिने घोषणा गरेको छ।

मन्त्रालयले पदक त के कुरा प्रमाणपत्रसमेत दिन सकेन । दुई वर्षदेखि झण्डै ३ सय जनाको हात खाली भएको छ। हरेक वर्ष मन्त्रालयले विभिन्न शीर्षकमा शिक्षा क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई छानेर पुरस्कार प्रदान गर्दै आएको छ।

यो वर्ष ७४ जना शिक्षकलाई सम्मान गरेको छ । मन्त्रालयका अनुसार कोशी प्रदेशबाट १४ जना, मधेसका आठ, वागमती प्रदेशका १३, गण्डकी प्रदेशबाट ८, कर्णाली प्रदेशबाट १० जना, सुदूरपश्चिम प्रदेशबाट ९ जनालाईस्वरूप प्रमाणपत्र प्रदान गरेको हो । त्यस्तै, निजी लगानीका ३२ जनालाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरेको थियो ।

कोशी प्रदेशबाट ५, मधेसबाट ५, वागमतीबाट ५, गण्डकी प्रदेशबाट ३, लुम्बिनीबाट ५, कर्णाली प्रदेशबाट ४ र सुदूरपश्चिम प्रदेशबाट ५ जनालाई प्रमाणपत्र दिने जनाएको छ। सामुदायिक क्याम्पसतर्फ उत्कृष्टमा ललितपुर चापागाउँको जनभावना क्याम्पसलाई प्रदान गरेको छ। विश्वविद्यालय अनुदान आयोगको मूल्याङ्कनका आधारमा क्याम्पस उत्कृष्टमा परेको हो । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएको यो क्याम्पसलाई मन्त्रालयले २ लाख ५० हजार नगद र प्रमाणपत्र प्रदान गरेको हो।

कास्कीको स्कुल अफ बिजनेस लेखनाथलाई उत्कृष्ट क्याम्पसको पुरस्कार प्रदान गरेको छ। यो क्याम्पस पोखरा विश्वविद्यालयबाट सम्बन्धन पाएको हो। मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पनि उत्कृष्टमा छनोट भएको हो । यो कलेज त्रिविबाट सम्बन्धन पाएको हो।