कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन


काठमाडाैं ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई सरकारको न्युनतम साझा कार्यक्रमसम्बन्धी कार्यदलको प्रतिवेदन हस्तान्तरण गरेको छ ।

एक हप्ताअघि गठन गरिएको कांग्रेस (एमाले सम्मीलित कार्यदलले तयार पारेको प्रतिवेदन बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री देउवालाई हस्तान्तरण गरेको हो ।

नेपाली कांग्रेकसा महामन्त्री गगन थापाले अर्थतन्त्र चलायमान बनाउने र युवा साझेदारीको कार्यक्रम अघि बढाउने विषयलाई जोड दिएर सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारिएको बताए ।

कार्यदलमा कांग्रेसका महामन्त्री गगन थापा, प्रवक्ता डा. प्रकाशशरण महत, एमालेबाट उपमहासचिव प्रदीप ज्ञवाली विष्णु रिमाल रहेका थिए ।