प्रधान सेनापति र श्रीलंकाका राजदूतबीच भेटर्वाता


काठमाडौं ।

प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि श्रीलंकाका राजदूत एयर चीफ मार्शल सुदर्शन पठर्ना (रेट) बीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटर्वातामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जननसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।