दाङको प्रमुख जिल्ला अधिकारीमा लम्साल

10.81k
Shares

काठमाडौं ।

गृह मन्त्रालयले दाङको प्रमुख जिल्ला अधिकारी(सिडिओ) को जिम्मेवारी मन्त्रालयका वरिष्ठ सहसचिव कृष्ण प्रसाद लम्साललाई दिएको छ ।

मन्त्रालयले बुधबार दाङका प्रमुख जिल्ला अधिकारी रामवन्धु सुवेदीलाई गृह मन्त्रालयमा सरुवा गर्दै लम्साललाई दाङको प्रमुख जिल्ला अधिकारी(सिडिओ) को जिम्मेवारी दिएको हो । लम्सालले यस अघि धादिङ र नवलपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा सफलतापूर्वक भुमिका निर्वाह गरिसक्नुभएको छ । उहाँ निजामती क्षेत्रमा स्पष्ट भिजन भएका,निर्णय गर्न सक्ने , सेवा प्रवाह प्रभावकारी बनाउन सक्ने कुशल प्रशासकको रुपमा चिनिनुहुन्छ । जनताका समस्यालाई नजिक बाट बुझेर समस्या समाधान गर्न सक्ने प्रशासकको रुपमासमेत उहाँलाई चिन्ने गरिन्छ ।

उहाँले यस अघि दाङकै घोराही लगायत विभिन्न ६ वटा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा समेत सफलतापूर्वक काम गर्नुभएको थियो । यसैगरी तत्कालीन अवस्थामा उहाँले विभिन्न ३ जिल्लामा स्थानीय विकास अधिकारी(एलडिओ) को रुपमा समेत भुमिका निर्वाह गर्नुभएको थियो । उहाँसँग राष्ट्रपति कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र स्वास्थ्य मन्त्रालयमा समेत रहेर कार्य गरेको अनुभव छ ।

गृह मन्त्रालयले बुधबार नै जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेलाई भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरेको छ । मन्त्रालयले अन्य केहि सहसचिव र उपसचिवको पनि सरुवा प्रक्रियालाई जारी राखेको जनाएको छ ।