युनाइटेड गोल्डकपको उपाधि रडस रामपुर जित्यो

0
Shares

नवलपरासी ।
नवलपरासी पूर्वी नवलपरासीमा संचालित ३८ औं युनाइटेड गोल्डकपको उपाधि रामपुर रडस चितवनले जितेको छ ।

शनिबार सम्पन्न फाईनल खेलमा प्रतिस्पर्धी वातासिनो योङ्गस्टार कावासोतीलाई १(० ले हराउदै रडस रामपुर उपाधि जित्न सफल भएको हो । निरन्तरको झरि र वर्षाबीच प्रमुख अतिथि एवं अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज विक्रम नेवाङले रेफ्रीलाई बल हस्तान्तरण गरे पछि प्रतियोगिताको फाईनल खेल प्रारम्भ भएको थियो ।

प्रतियोगिताको पहिलो हाफ बराबरी रहे पनि मध्यानतर पछिको १२ ओैं मिनटमा रडस रामपुर जर्सी नम्वर १६ का खेलाडी समीप ढकालले गरेको गोल नै उपाधिका लागि निर्णायक बन्यो । विजयी टिमका खेलाडीहरूलाई एन्फा अध्यक्ष नेवाङले नगद,ट्रफी तथा प्रमाणपत्रद्वारा सम्मनित गरेका थिए ।

प्रतियोगितामा बिजयी भई उपाधि हात पार्ने रडस रामपुरले २ लाख ५० हजार नगद सहित ट्रफी हात पारेको छ ।
त्यसै गरि उप वातासिनो योङ्गस्टारले प्रतियोगितामा दोश्रो भई १ लाख ५० हजार नगद सहितको द्वितीय पुरस्कार जितेको छ ।
आयोजक युनाइटेड क्लब हुप्सेकोटको निर्णय अनुसार सेमिफाइनलबाट बाहिरिएका २ टिमलाई २०र२० हजार नगद प्रदान गरिएको छ ।

त्यसै गरी प्रतियोगिताका उत्कृष्ट खेलाडी,गोलकिपर,सर्वाधिक गोलकर्ता र अनुशासित टिमलाई ८र८ हजार नगद सहित प्रमाणपत्रले सम्मानित गरिएको थियो । यही भदौ १४ गतेबाट प्रारम्भ भएको सो प्रतियोगितामा चितवन,पश्चिम नवलपरासी लगायत जिल्ला भित्रका १६ टिमको सहभागिता रहेको आयोजक युनाइटेड क्लवका अध्यक्ष हरि थापा मगरले बताए ।