ज्वाईंसाबको कसम बत्तीको


काठमाडौं ।

यो दशैंका लागि लोकप्रिय हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ को फिल्म ज्वाईंसाब पनि रिलिजमा आउँदैछ।
आगामी असोज २४ गते फूलपातिका दिन रिलिज हुने फिल्म ज्वार्ईंसाबमा समावेश कसम बत्तीको बोलको गीत बुधबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ।

गीतमा निशान भट्टराई र समीक्षा अधिकारीको स्वर, यादव लम्सालको शब्द रचना र अर्जुन पोखरेलको संगीत रहेको छ। सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार जितु नेपाल र नीति शाहले नृत्य गरेका छन्। गीत विवाहको परिवेशमा तयार पारिएको छ।

रेड आई फिल्म्स् र मौसम फिल्म्स्को ब्यानरमा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको निर्माण तथा राजकुमार पण्डितको प्रस्तुतिमा निर्मिति फिल्म वसन्त निरौलाले निर्देशन गरेका छन्।

विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा जितु नेपाल र नीति शाहका साथमा वुद्धि तामाङ, कमलमणि नेपाल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, सीपी पौडेल, राजकुमार पण्डित, दीपक अधिकारी, हिमेश पन्त, राजेन्द्र नेपाली, विश्व मुखिया, सुमन राई, रोशन नेपाल, सुनील तामाङ, नवीन काफ्ले, शिवु पाण्डेलगायत कलाकारले अभिनय गरेका छन्।

फिल्ममा लेखन सविन अधिकारी, संगीत अर्जुन पोखरेल र महेश ताम्राकार, द्वन्द्व निर्देशन सञ्जय थापा, कला निर्देशन तोपबहादुर क्षत्री, छायांकन श्याम तामाङ र सम्पादन सन्देश शाहको रहेको छ।