राजधानीमा दुखी आत्मा


काठमाडौं ।

दयाहाङ राई र आँचल शर्मा मुख्य कलाकार रहेको फिल्म दुखी आत्माको सुटिङ शुरू भएको छ। दीपेन्द्र लामाको लेखन र निर्देशनमा फिल्मको राजधानीका विभिन्न स्थानमा सुटिङ भइरहेको छ।

फिल्ममा दयाहाङ र आँचलका साथमा अनुपविक्रम शाही, बुद्धि तामाङ, पुस्कर गुरुङ, कविता आले, शिशिर वाङ्देल, आशान्त शर्मा, लोकेन्द्र लेखक, अंकित खड्का, लुनिभा तुलाधर, आरती आचार्य, निमा पाण्डे, इंगीहोपो कोइच सुनुवार, यासेली योङहाङलगायतले अभिनय गर्दैछन्।

पूरा फिल्म काठमाडौं उपत्यकाको सेरोफेरोमा खिचिने निर्देशक लामाले जानकारी गराए।