सामाजिक कथामा हनुमानदास


काठमाडौं ।

सचेतनामूलक सामाजिक विषयवस्तुको सर्ट फिल्म हनुमानदास सार्वजनिक गरिएको छ। आरके मानन्धरको कथा, लेखन र निर्देशनमा तयार पारिएको सो सर्ट मुभी मंगलबार आरके एन्ड आरके इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।

सर्ट मुभीमा आरकेका साथमा राजु भुजु, सबिता गुरुङ, चन्द्र पाण्डे, सुवास खतिवडा, कमल प्रधान, समिता, विजयनन्द, विरचन्द्र लामा, निराजनजंग थापा र सुहाना चौँधरीले अभिनय गरेका छन्। यसअघि पनि केही सामाजिक सिरियल तथा सर्ट मुभीमा विभिन्न भूमिका निर्वाह गर्दै आएका आरकेले आफूले लेखन, निर्देशन र अभिनय गरेको नया सर्ट फिल्म हनुमानदासलँई दर्शकले रुचाउने विश्वास व्यक्त गरे।

सिता मानन्धरद्वारा निर्मित सर्टमुभीमा शिशिर अर्यालको छायांकन र सञ्जय सुब्बाको पाश्र्व संगीत रहेको छ।