सलोनले रंगी बनाउने


काठमाडौं ।

सलोन सलिना फिल्म्स् प्रालिको ब्यानरमा फिल्म रंगी बन्ने भएको छ। सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्ममा छक्का पन्जा, ए मेरो हजुर २, यात्रा, म यस्तो गीत गाउँछु २, कृजस्ता फिल्ममा मुख्य सहायक निर्देशन गर्दै आएका सुरेश न्यौपानेले डेब्यू निर्देशन गर्नेछन्।

फिल्मको टाइटल पोस्टरसमेत सार्वजनिक गरिएको छ। सक्षम सुवेदीले निर्माण गर्ने फिल्ममा सुमन गजमेरको लेखन र सौरभ लामाको छायांकन रहनेछ। कलाकारहरू भने फाइनल गर्न बाँकी रहेको निर्माण समूहले जनाएको छ।