इकु ठगीको आरोपमा पक्राउ


काठमाडौं ।

कलाकार सुलेमान (सूर्यमान) शंकर इकु पक्राउ परेका छन्। विभिन्न व्यक्तिलाई कलाकार भिसामा युरोपियन देश पठाउने भन्दै ठगी गरेको आरोपमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरेको हो।

ललतिपुरको धापाखेल घर भएका ४० वर्षीय सूर्यमानले विदेशमा हुने सांस्कृतकि कार्यक्रअहरूमा गैर कालाकारलाई कालाकार बनाएर क्यानडा, अस्ट्रेलिया तथा युरोपका अन्य देशहरूमा लैजाने भन्दै ठगी गरेको पाइएको सीआईबीका एसपी तथा प्रवक्ता होबिन्द्र बोगटीले जानकारी गराए।

सो कार्यका लागि उनी सञ्चालक रहेको एसएमएस फिल्म प्रालिको नाममा रहेको ग्लोबल आईएमई बैङकको खातामा प्रतिव्यक्त १५ देखि २० लाख रकम जम्मा गर्न लगाएको सीआईबीले जनाएको छ।

विदेश जान लागेका व्यक्तिहरूको नक्कली डकुमेन्ट बनाउने गरेको सूचना पाएपछि पक्राउ गरिएको र उनीविरुद्ध ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।