समुद्रबाट हराएको पेन्गुइन दुई हप्तापछि भेटियो


टोकियो ।

जापानको समुद्रबाट हराएको पेन्गुइन दुई हप्तापछि सुरक्षित र स्वस्थ फेला परेपछि उसका रक्षकले ‘चमत्कार’ भएको बताएका छन् ।

बन्दबारमा जन्मिएको र हुर्किएको पोथी केप पेन्गुइन पेन–चान जो पहिले कहिल्यै खुला समुद्रमा पौडिएको थिएन । तर अगस्ट २५मा समुदूमा पसेको र मध्य आइची क्षेत्रबाट हराएकोे थियो ।

उक्त पेनगुइन हराएपछि उसको रक्षक रियोसुके इमाईले एउटा टोलीले तुरुन्तै त्यस क्षेत्रमा खोजी गर्न थालेको तर जापानभरी आएको आँधी र वर्षाले खोजीमा बाधा पुर्‍याएको बताए ।

पेन–चानको पौडी खेल्ने र जङ्गलमा बाँच्ने कौशलको कमीलाई ध्यानमा राख्दै टोलीले पेन्गुइन धेरै टाढासम्म पुग्न वा एक हप्ता भन्दा बढी बाँच्न नसक्ने अनुमान गरेको थियो । तर आश्चर्यजनक रूपमा सेप्टेम्बर ८ मा इमाईले उड्न नसक्ने चरा ३० माइल टाढाको समुद्री तटमा पानीमा खुसीसाथ पौडी खेलिरहेको देखिएको जानकारी प्राप्त गरे ।

“मैले सोचेँ ऊ थकित देखिन्छ । तर ऊ सधैँ जस्तै पौडी खेल्न थाल्यो,” पेनगुइनले पुनः नियन्त्रणमा लिएपछि इमाईले भने , “पेन–चान फेला पर्नु मेरो आश्चर्यभन्दा बाहिर थियो । यो एउटा चमत्कार हो ।”

“छ वर्षीया पेन-चानले आफै समातेर माछा र काँक्राहरू खाँदै आएको हुनुपर्छ । ऊ विश्रामका लागि विभिन्न ठाउँमा रोकेर त्यहाँ पुगेको होला, तर यो अझै पनि अविश्वसनीय छ,” इमाईले भने ।

उनले भने , “उसको वजन अलिकति कम भएको छ, बाँकी सबै ठीक छ ।