सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतिताेला कति पुग्याे ?

77.46k
Shares

काठमाडौँ ।

नेपाली बजारमा सुनको मूल्य बढेर अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ । 

आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ५३ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो ।

यस अघि मंगलबार सुन तोलाको १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १७८०  रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।