सुनको मूल्य तोलामा एक हजार तीन सयले बढ्यो


काठमाडौं ।

आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार सुन तोलाको १३ सयले बढेर एक लाख ५३  हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस अघि बिहीबार सुनको मूल्य १ लाख ५२ हजारमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलाको ३० रुपैयाँले बढेर १७९५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।